जिल्लाकै ठूलो मुक्तिनाथ सहकारीको सातौ बार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न

पाल्पा, पौष २८
पाल्पाका सबै स्थानीय तहलाई कार्यक्षेत्र बनाएर संचालन भैरहेको मुक्तिनाथ कृषि बहुउद्धेश्यीय सहकारी संस्था पाल्पाको सातौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ । गत आर्थिक बर्षमा ६ करोड बढी कारोवार गर्न सफल भएको सहकारीमा ७ सय ९८ जना शेयर सदस्य रहेका छन् । ३ करोड ३६ लाख ९१ हजार लगानी गर्दे ३ करोड ४० लाख ७० हजार रुपैया बचत रकम संकलन गरेको छ । सहकारीले कृषिमा १८ लाख, व्यापारमा २ करोड ७५ लाख, घर जग्गा तथा घर निर्माणमा १३ लाख ८३ हजार, हायर पर्चेजमा ३० लाख २६ हजार रुपैया लगानी गरेको जनाएको छ । साधारणसभा लाई सम्वोधन गर्दै कार्यक्रममा प्रमुख अतिथी पाल्पा उधोग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले जिल्लाका स साना उधोग व्यबसायहरु लाई प्रवद्र्धन गर्ने काम सहकारीले गर्दै आएको बताउनुभयो । ठुला बैंकहरुले ठुलो लगानीलाई मात्रै प्रोत्साहन गर्दै आएको भन्दै उहाँले सहकारीहरुले आफै बचत गर्ने र कारोवारको लागी ऋण पनि दिने भएकाले पनि स साना घरेलु तथा कुटिर उधोगको लागी सहकारीको सहयोग उल्लेखनिय रहेको बताउनुभयो । ठुला बैकहरु बाट अझैपनि कृषि केन्द्रित लगानीमैत्री कार्यक्रम नआएकोले सहकारीहरुले कृषि लगानी बढाउनु पर्ने अध्यक्ष महर्जनको जोड थियो । मुक्तिनाथ सहकारी कृषि बहुउद्देश्यीय सहकारी भएकोले कृषिका विविध पाटाहरुलमा जिल्लाभरी काम गर्न पनि सुझाब दिनुभयो । अध्यक्ष महर्जनले सहकारीले कृषि संगै धार्मिक तथा पर्यटन क्षेत्रमा पनि लगानी बढाउन सुझाव दिनुभयो ।

कार्यक्रममा सहकारीका सल्लाहकार हरी रायमाझीले सहकारी नाफा मुखी नभई शेयरसदस्य केन्द्रित सेवामुखी भावनाले काम गर्नुपर्नेमा जोड दिनुभयो । आफै बचत गर्ने, आफै नियम बनाउने, आफै कारोवार गर्ने, सहयोग र एक अर्कामा सहकार्य गर्ने गरी सहकारीले काम गर्दै आएकोले पनि सहकारीको महत्व निकै हरको बताउनुभयो । सल्लाहकार भिमसेन कार्कीले सहकारीले ठुलो लगानी गर्नुभन्दा स सानो क्षेत्रमा लगानी गरी धेरै सदस्यलाई सेवा दिनुपर्नेमा जोड दिनुभयो । मुक्तिनाथ सहकारीले कृषि क्षेत्रलाई नै लक्षित गरेर काम गर्दै आएको भन्दै आगामी दिनमा पनि कृषि लाई केन्द्रित गरेर अघि बढ्न सल्लाहकार कार्कीले आग्रह गर्नुभयो । नेपालको प्रमुख आयश्रोत कृषि भएकोले सहकारीले कृषिका विभिन्न पाटाहरु लाई केन्द्रित गरेर काम गर्नुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा शेयर सदस्य कृष्ण पोखरेल, चिरञ्जीवी ढुङ्गाना, हुमा सुर्यवंशी लगायतले सहकारीको कार्यक्षेत्र जिल्ला भरी नै रहेको र कृषि बहुउद्देश्यीय भएकोले पनि उद्धेश्य अनुसार काम गर्नुपर्नेमा सुझाव दिए । साधारणसभामा अध्यक्ष मोहन प्रसाद श्रेष्ठले बार्षिक प्रतिबेदन, सचिव शंकर भण्डारीले सांगठनिक र कोषाध्यक्ष विनोद पंन्थीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष देव बहादुर पचभैयाको स्वागत र कोषाध्यक्ष विनोद पंन्थीको संचालनमा कार्यक्रम भएको हो ।
अध्यक्षमा पचभैया निर्वाचित
यसै बिच मुक्तिनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो अधिवेनले देव बहादुर पचभैयाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । अध्यक्ष पचभैया संस्थापक सचिब तथा यस अघिका उपाध्यक्ष समेत रहनुभएको थियो । अधिबेशनले कार्यसमितीको उपाध्यक्षमा विनोद पंन्थी, सचिवमा शंकर भण्डारी, कोषाध्यक्षमा समिरमान सिंह निर्वाचित हुनुभएको छ ।

समितीको सदस्यमा चिरञ्जीवी ढुङ्गाना, राम प्रसाद श्रेष्ठ, उत्तम कुमार बज्राचार्य, विमला शाक्य बज्राचार्य र विनायक महर्जन निर्वाचित हुनुभयो । लेखा समितीको संयोजकमा पर्शुराम सापकोटा, सदस्यमा प्रविन बज्राचार्य र सुनिल कुमार बस्याल निर्वाचित हुनुभयो । नव निर्वाचित समितिलाई निर्वाचन अधिकृत एवम् अधिबक्ता शिव प्रसाद देबकोटाले पद तथा गोपनियताको सपथ खुवाउँदै प्रमाणपत्र बितरण गर्नुभयो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष देब पचभैयाले सहकारीको उद्धेश्य अनुसार जिल्लाका अन्य सहकारीसंगै मिलेर अघि बढ्ने बताउनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *