बुटवलमा चौराहा देखि गोलपार्क सडक क्षेत्रका घरमा डोजर चलाउन शुरु

बुटवल, पौष २६
बुटवलको सडक क्षेत्रभित्र परेका घरमा डिभिजन सडक कार्यालयले आइतबार बिहान देखि डोजर चलाएको छ । सडक क्षेत्र मिचेर बनेका घर टहरा खाली गर्न अदालतले दिएको आदेशसमेत अटेर गरेपछि डोजर चलाएर भत्काउन शुरु भएको हो । बिहानै ठूलो संख्यामा प्रहरी परिचालन गरी बुटवलको ट्राफिक चोकबाट सडक मिचेर बनाएका घर टहरा भत्काउन सुरु भएको हो । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक ६ लेनको बनाउने क्रममा केही घरधनीले अदालतमा मुद्दा हालेपछि सडक विस्तारको काम डेढ वर्षदेखि रोकिएको थियो । सडक विस्तार आयोजनाले २४ घण्टे अल्टिमेटम दिएको थियो । उक्त म्यादमा केही घरधनीले सडक क्षेत्र मिचेर बनेका संरचना भत्काउन सुरु गरे पनि केहीले अटेर गरेका थिए ।

घरधनी २४ जनाले अदालतमा मुद्दा हालेपछि सडक विस्तार रोकिएको थियो । तर, पछिल्लो रिट निवेदनमा गत असार ९ गते दिएको अल्पकालिन आन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सवोच्च अदालतले पुस २० गते फैसला गरेपछि डिभिजन सडक कार्यालय बुटवललाई सडक विस्तार गर्ने बाटो खुलेको थियो । यो सडक खण्डमा ३१० घर र बाँकी ४७ खाली जग्गा गरी ३५७ जनाले सडक क्षेत्र मिचेकोमा २ सय जनाभन्दा बढीले यसअघि नै घर भत्काइसकेका छन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *