पाल्पा, पौष २५
नेपालमा कोरोना सक्रिय सङ्क्रमितको संख्या दिन दिनै घट्दै गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिम संक्रमितको संख्या अहिले ५ हजार भन्दा कम छ । पछिल्लो २४ घण्टामा ६ सय ९९ जना निको भएसँगै सक्रिय सङ्क्रमितको संख्या ४ हजार ६ सय ८१ जना रहेको छ । नेपालमा २ लाख ५७ हजार ९ सय २८ जना कोरोना सङ्क्रमणबाट निको भएका छन् ।
थप ३ सय ६२ जनामा सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमणको पुष्टि हुनेको संख्या २ लाख ६४ हजार ५ सय २१ रहेको छ । पछिल्लो २४ घण्टामा ३ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १२ रहेको छ ।