संसद विघटनसम्बन्धी रिटको ‘निरन्तर सुनुवाइ’ एक साताका लागि रोकियो

काठमाण्डौं, पौष २२,
संसद विघटनविरुद्धका रिटहरुको सुनुवाइ भइरहेको सर्वोच अदालतको संवैधानिक इजलास एक साताका लागि स्थगित भएको छ । अब पुस २९ गतेलाई अर्को सुनुवाइ तोकिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनको मुद्दाको सुनुवाइ भइरहेको संवैधानिक इजलासमा नबस्ने स्वआदेश गरेपछि सुनुवाइ स्थगित भएको हो ।

यसअघि बहसको क्रममा अधिवक्ताहरुले कार्की प्रधानमन्त्री केपी शर्मा ओलीको निकट रहेको भन्दै इजालसमा बस्ने विषयमा प्रश्न उठाएका थिए । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा रहनुभएका न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने हुनुभएको छ । कार्की अघिल्लो पटकको केपी शर्मा ओलीको सरकारमा महान्यायाधिवक्ता हुनुभएको विषय कानुन व्यवसायीले इजलासमा उठाएपछि उहाँ संवैधानिक इजलासमा नरहने हुनुभएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *