निर्वाचन आयोग द्धारा मतदान स्थल र मतदान केन्द्र निर्माण शुरु

काठमाण्डौं, पौष २२
निर्वाचन आयोगले आज देखि मध्यावधि चुनावका लागि मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्य सुरु गर्देछ । सरकारले संसद भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ । संसद विघटनविरुद्ध परेको रिटमा आजै बाट सवोच्च अदालतमा निरन्तर सुनुवाइ गर्ने तयारी छ । निर्वाचन आयोगले भने आफ्नो तयारी गरिरहेको छ । आयोगले अन्तिम मतदाता नामावली तयारी थालेको छ । मतदाता नामावलीसँगै गर्दा मतदान स्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी काम पनि गर्नुपर्ने भन्दै आयोगले “मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७” र “मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७” स्वीकृत गरेको छ ।

आयोगका अनुसार पुस २३ गतेदेखि जिल्लास्तरमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी कार्य प्रारम्भ हुँदैछ । यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति छ ।’ मतदान स्थल तथा मतदान केन्द्र निर्धारण माघ १७ गतेभित्र सक्ने कार्यतालिका छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *