वायु प्रदूषण बढेपछि घरबाहिर ननिस्कन सरकारको अपिल

काठमाण्डौं, पौष २२
नेपालको राजधानी काठमाडौंमा अत्यधिक वायु प्रदूषण बढेपछि सरकारले सकेसम्म घरबाहिर ननिस्कन भनेको छ । सोमबारदेखि उपत्यका क्षेत्रमा वायू प्रदुषण बढेकोले स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै मर्निङ्गवाक लगाएत सकेसम्म घरबाहिर ननिश्किन भनेको हो । बन तथा वातावरण मन्त्रालय वातावरण विभागद्वारा जारी विज्ञप्तिमा फोहोर तथा आगो बाल्दा पनि वातावरण प्रदुषण हुने भएकोले सो काम नर्गन पनि आग्रह गरिएको छ ।

वातावरण प्रदुषणले बालकालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वासमा समस्या भएका, दम, खोकी, तथा मुटुका बिरामी प्रभावित हुने भएकाले सकेसम्म घर बाहिर ननिस्किन विभागले आग्रह गरेको छ ।

जाडो मौसममा फोहोर बाल्दा , आगो बाल्दा समेत झन् बढी वायु प्रदूषण बढ्ने विज्ञप्तिमा जनाइएको छ । वायु प्रदूषण मौसममा भर पर्ने भएकाले केहि समयसम्म प्रदूषण हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *