पाल्पामा भएको टिपर दुर्घटनामा चालकको ज्यान गयो

पाल्पा, पौष १९,
पाल्पामा भएको टिपर दुर्घटनामा चालकको ज्यान गएको छ । रिब्दीकोट गाउँपालिका ३ लम्सीरुखनिर आईतबार दिउँसो भएको दुर्घटनामा रैनादेबी छहरा गाउँपालिका ५ का ४० बर्षिय रामु कार्कीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार सुनवलबाट पाल्पाको सिद्देश्वरमा रहेको सिमेन्ट उद्योगका लागि छुटेको लु २ ख २१७१ नम्वरको टिपर दुर्घटना भएको हो । घटनाको बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *