पत्रकारीता पेशा र ब्यवशाय मात्रै हैन, समाज परिवर्तनको मियो पनि हो ः बरिष्ठ पत्रकार शर्मा

पाल्पा, पौष १९
प्रेस स्वतन्त्रता सेनानी एवम् बरिष्ठ पत्रकार मेघराज शर्माले पत्रकारीता पेशा र ब्यवशायमात्रै नभई समाजपरिबर्तनको मियो भएको बताउनुभएको छ । प्रेस स्वतन्त्रता संगै शासन ब्यवस्था परिबर्तनका लागी पनि मर्यादित पत्रकारीताले टेवा पु्र्याउने उहाँको भनाई छ । पत्रकार महासंघ, पाल्पा शाखाको २९ औं स्थापना दिवसका अवसरमा आयोजित पाल्पाको पत्रकारीताको अवस्था बिषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै पाल्पा शाखाका संस्थापक अध्यक्ष समेत रहनुभएका शर्माले बेतिथि र बिसंगतीलाई सही ठाउँमा ल्याउन पनि पत्रकारीता क्षेत्रको अहम् भूमिका हुनेमा जोड दिनुभयो ।

महासंघ पाल्पाको २९ औं स्थापना दिवसका अवसरमा शाखाका अध्यक्ष राजेश कुमार अर्यालले एक कार्यपत्र पेश गर्दे पाल्पाको पत्रकारीता, कोभिड १९को असर, पत्रकारीताको इतिहास र आयाम , महासंघको गौरब गाथा, महामारीमा पाल्पाका मिडियाको अवस्थाका बिषयमा जानकारी दिनुभयो ।

अन्र्तक्रिया कार्यक्रममा बोल्दै पत्रकार महासंघ, पाल्पा शाखाका संस्थापक उपाध्यक्ष एबम् पूर्ब सभापति झपेन्द्र गहिरेले पत्रकारीता क्षेत्रमा चुनौती र अवसर दुबै रहेको भन्दै अहिले समाजमा भएका परिवर्तन र उपलब्धीमा पत्रकारीता क्षेत्रको ठुलो योगदान रहेको बताउनुभयो ।

शाखाका संस्थापक सदस्य मन गहिरे , संस्थापक सचिब तथा बर्तमान उपसभापति भरत शर्माले शाखा स्थापना समयका अनुभव सुनाउनुभयो ।

महासंघ पाल्पा शाखाका सचिब किरण कौशलको संचालन , सभापति राजेश अर्याललको अध्यक्षता, संस्थापक अध्यक्ष एबम् बरिष्ठ पत्रकार मेघराज शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी पत्रकारहरुले पाल्पाली पत्रकारीताका बारेमा बोलेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *