भारतले अतिक्रमण गरेको नेपाली भुमि फिर्ता हुनैपर्छ ः परराष्ट्रमन्त्री ज्ञवाली


पाल्पा, पौष १८,
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतले अतिक्रमण गरेका नेपाली सिमा फिर्ता हुनुपर्ने बताउनु भएको छ । नेपाल भारत संग १९५० मा भएका सन्धीका कतिपय प्रावधानहरु राष्ट्रिय हितमा नभएकाले त्यसको पुनरावलोकन हुनुपर्नेमा उहाँको जोड छ । पत्रकार महासंघ, पाल्पा शाखाले शनिबार बिहान तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले केही समय अघि देखिएको नेपाल भारत बिचको अबिश्वासको संकट अहिले टर्दे गएको बताउनुभयो । नाकाबन्दीको अवस्था सम्म पुगेको भारतलाई बर्तमान सरकारले बिश्वासमा लिएको भन्दै मिचिएका कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर नेपालले नक्सा जारी गरेपछि सम्बन्ध थप चिसिएको उहाँको भनाई छ । भारत संग असल मित्रता चाहेको तर त्यो मित्रता सार्मभौमसमानता माथि हुनुपर्नेमा परराष्ट्र मन्त्री ज्ञवालीको जोड छ ।

ने.क.पा के.पि ओली समुहका नेता समेत रहनुभएका ज्ञवालीले बैशाखमा हुने निर्वाचनले राष्ट्रिय राजनितिमा देखिएका बिकृतिलाई किनारा लाउने बिश्वास गर्नुभयो । चौतर्फी घेराबन्दी गरेर अघि बढ्न नदिएपछि प्रधानमन्त्री ओलीले मन्त्री परिषदको निर्णयमा प्रतिनिधि सभा बिघटन गरेको भन्दै उहाँले ताजा जनादेशमा गएर जनताको बिश्साव जनतामै पुर्याउने कुरा लोकतान्त्रिक भएको दाबी गर्नुभयो । सदनको बहुमत प्राप्त प्रधानमन्त्रीले जनादेश अनुसार काम गर्न अवरोध भएपछि ताजा जनादेशमा गएर जनताको बिश्वासलाई जनतामै पुर्याउने कुरा जायज भएको मन्त्री ज्ञवालीको भनाई छ । केही नेताहरुको कहिल्यै तृप्त नहुने पदिय लोलुपताले गर्दा अहिले नेकपामा समस्या आएको भन्दै सडकमा आन्दोलनमा रहेकाहरुलाई निर्वाचनमा होमिन समेत उहाँले आग्रह गर्नुभएको छ । नेकपा ओली समुहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न उहाँ शनिबार पाल्पा आउनुभएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *