बाग्लुङ्गका युवाले सम्पति हड्प्न पाल्पाबाट नागरिता बनाएको खुलासा

पाल्पा, पौष १७
बाग्लुङका एक युवकले कृते कागजात बनाएर पाल्पाबाट नागरिता लिएको रहस्य खुलेको छ । पाल्पाको रामपुर नगरपालिका वडा नंं १४ निवासी वर्ष ४८ का पिताम्बर अधिकारीको छोरा बनेर बाग्लुङको गलकोट नगरपालिका वडा नंं. ८ पचुवा खर्वाङ निवासी स्वः मानबहादुर कंडेल क्षेत्रीका छोरा वर्ष २२ का बिजय अधिकारीले जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिता लिएका खुलेको हो । बाग्लुङको गलकोट नगरपालिक वडा नं. ८ पचुवा खर्वाङका वडाअध्यक्ष रामप्रसाद कंडेलले बिजय अधिकारी आफ्नै वडाबासी भएको पुष्टि गर्नुभयो । बिजयका पिता मानबहादुर लामो समय भारतको मेघालयमा बसेर आएको र उनका छ भाई छोरा तथा दुई छोरी रहेको उहाको भनाई छ । कृते गरेर नागरिता बनाउने बिजय अधिकारी मानबहादुरको राँइलो (ठूलो कान्छो) छोरा भएको वडाअध्यक्ष कंडेलले पुष्टि गर्नुभयो । नयाँ नाम बिजय अधिकारी कायम गरी धनबहादुरले नागरिता बनाएका छन् ।

नागरिता बनाउन सफल भएपछि उनले पिताम्बर अघिकारीलाई अंशमुद्दा पनि हालेको खुलेको छ । नाम र थर फेरेर उनको नागरिता बनाउन पिताम्बरका भाई कृष्णप्रसाद अधिकारीले सहयोग गरेका पाइएको छ । कृष्णप्रसादले नै सनाखत गरेको जिल्ला प्रसासन कार्यालय पाल्पामा रेकर्डमा उल्लेख छ । नागरिता जिल्ला प्रशासन कार्यालय पाल्पाका तत्कालिन प्रशासकीय अधिकृत ताराप्रसाद घिमिरेले जारी गरेका छन् । उता पिताम्बर अधिकारीले भने भारतमा बस्दा धनबहादुरको परिवारैसंग परिचय भएको र पाल्पा रामपुर आफ्नो घरमा पनि आउनेजाने गर्दा आफ्नै भाई कृष्णप्रसादले नागरिता बनाइदिएर आफ्नो सम्पति हडप्ने प्रयास गरेको दावी गर्नुभयो ।

आफू बिरामी भएको बेला २०७२ सालमा आफ्नै भाई कृष्णप्रसादले आफूलाई झुक्याएर नागरिता बनाईदिएको उहाँको दाबी छ । पिताम्बरका भाई कृष्णप्रसादले लामो समय भारतमा बसेर आउँदा दाजु पिताम्बरले मानबहादुरलाई छोरो बनाएर लिएको दाबी गर्नुभयो । पछि पिताम्बर र मानबहादुरबीच विवाद भएपछि पिताम्बरले वेवास्ता गरेको र आफूले नागरिता बनाउन भने सहयोग गरेको कृष्णप्रसादको भनाई छ । मानबहादुरका साईला बुवा इन्द्रबहादुर कंडेलकी बुहारी तिला कंडेलले बिजयले पाल्पाबाट नागरिता बनाएको आफूले जानकारी पाएको बताउनुभयो । यसअघि गाउँमा आउँदा आफूले नागरिता बनाईसकेकोले बाग्लुङबाट नागरिता बनाउन नपर्ने प्रतिक्रिया बिजयले दिएको उहाको भनाई छ ।

जिल्ला प्रसाशन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले झुटो विवरण पेश गरेर नागरिता बनाएको पाईए छानबिन गरेर कारवाही गरिने बताउनुभयो । नागरिता बनाउने र बनाईदिने जोसुकैलाई कानुन बमोजिम कारवाही हुने उहाको भनाई छ । नागरिता बनाउने र बनाईदिनेलाई कारवाहीको माग गर्दै पिताम्बरका दुई दिदीबहिनी कमला पाण्डे र गंगा पाण्डेले जिल्ला प्रशासन कार्यालय पाल्पामा उजुरी दिएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *