संबिधानमै नभएको अधिकार प्रयोग गरेर ओलीले प्रतिनिधि सभा भंग गरे ः पाण्डे

पाल्पा, पौष १४
ने.क.पा केन्द्रिय सदस्य एबम् पूर्ब उद्योग मन्त्री सोम प्रसाद पाण्डेले संबिधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री के.पी ओलीले प्रतिनिधि सभा भंग गरेको आरोप लगाउनुभएको छ । प्रचण्ड माधब समुहले मंगलबार पाल्पाको तानसेनमा आयोजना गरेको प्रतिनिधिसभा विघटनविरुद्ध जन प्रदर्शन कार्यक्रमा बोल्दै नेकपा पाल्पाका इन्चार्ज समेत रहनुभएका पाण्डेले संबिधान नमान्ने, पार्टीको बिधि बिधान नमान्ने अनि एकलौटी रुपमा अघि बढ्ने ओलीको शैलीले पार्टीमा समस्या आएको बताउनुभयो । न्यायलयले संसदको पुर्नस्थापना गर्ने नेता पाण्डेको बिश्वास थियो ।

कार्यक्रममा बोल्दै ने.क.पा केन्द्रिय सदस्य ठाकुर गैरेले प्रधानमन्त्री ओलीको गलत कामको जानकारी दिन आफूहरु सडकमा आएको बताउनुभयो । पार्टीको बहुमत सदस्य आफूहरु संग रहेकाले नाम र चुनाब चिन्ह आफूहरुले पाउनेमा ढुक्क भएको उहाँको भनाई थियो ।

जनबिरोधी काम गर्दे एकलौटी हिसावले ओली अघि बढेपछि पार्टीका बहुमत नेता तथा कार्यकर्ताहरु गलत कामको बिरोधमा अघि बढेको समेत नेता गैरेको भनाई थियो । कोणसभालाई संबोधन गर्दे नेता बसन्त घर्तीले जनताको बललाई न्यायलयले स्वीकार गर्ने बिश्वास रहेको भन्दै त्यसो नभए जनबिद्रोह मार्फत संसदको पुनस्थापना गरिछाड्ने बताउनुभयो ।

नेता नेत्र पाण्डेले प्रधानमन्त्री ओलीलाई सच्चिन आग्रह गर्दे अहिले सम्म पार्टी अध्यक्ष मानेको तर जनताको मतको कदर नगर पुत्ला जलाउने दिन आउने बताउनुभयो । बिरोध सभालाई संबोधन गर्दे नेता यादब बहादुर रायमाझी, राजेन्द्रलक्ष्मी गैरे र राजेश श्रेष्ठले केपी ओलीको गैरलोकतान्त्रिक एबम् असंबैधानिक कदम प्रति आम नेपाली जनता बेखुस भएको बताउनुभयो । पार्टी सचिब राजेन्द्र बिकको अध्यक्षता र कमल पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो । टुडिखेलबाट शुरु भएको बिरोध र्याली हुलाकचोकमा आएर कोणसभामा परिणत भएको थियो ।

यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले मंगलबार प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जन प्रदर्शन गर्ने निर्णय गरे अनुसार देशैभरी बिरोधको कार्यक्रम भएको हो । यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएपछि नेकपा प्रचण्ड नेपाल समुह सडक संघर्षमा उत्रिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *