रिब्दीकोट र तिनाउँका पहिरो पिडितलाई पाल्पा जिल्ला समाज यूकेको आर्थिक सहयोग

पाल्पा, पौष १३
पाल्पाको रिब्दीकोट गाउँपालिकाका ७ र तिनाउँका १५ घर घरपरिवार पहिरो प्रभावितलाई पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग, परिवार ) ले ३ लाख १४ हजार ६ सय रुपियाँ आर्थिक सहयोग गरेको छ । आईतबार बिहान गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि पहिरोले ज्यान गुमाएका रिब्दीकोट ७ डबकाका हरी बहादुर लम्तरीको परिवारलाई ५० हजार प्रदान गरेको हो ।

कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका बिभिन्न वडाका ६ जनालाई समेत १२ हजार ६ सयका दरले आर्थिक सहयोग प्रदान गरेको हो ।

रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसि, उपाध्यक्ष लक्ष्मी खनाल, पालिका प्रबक्ता विष्णु खनाल, पाल्पाली भञ्याङ्ग, परिवार यूकेका प्रतिनिधि ईन्द्र थापा र पाल्पाका पत्रकारहरुको सहभागीतामा पहिरो प्रभावितहरुलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।

गाउँपालिकाको सिफारिसका आधारमा वडा नम्बर ३ की मिना बिक, वडा नम्बर ४ का बिर बहादुर थापा, वडा नम्बर ६ का देबीकला खत्री ज्ञवाली, वडा नम्बर ५ का राम बहादुर नेपाली, वडा नम्बर २ का धन बहादुर बिक र वडा नम्बर ६ कालाटारका जग बहादुर बगालेलाई आर्थिक सहयोग प्रदान गरिएको कार्यक्रम संचालक पत्रकार देब पचभैयाले जानकारी दिनुभयो ।

सोमबारनै तिनाउँ गाउँपालिकाका १५ पहिरो प्रभाबित घर परिवारलाई समेत पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग, परिवार ) ले १ लाख ८९ हजार आर्थिक सहयोग प्रदान गरेको छ । गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि प्रति घर परिवारलाई १२ हजार ६ सयका दरले सो सहयोग प्रदान गरिएको पाल्पा जिल्ला समाज यूकेका प्रतिनिधि इन्द्र थापा मगरले जानकारी दिनुभयो ।

पालिकाको सिफारिसका आधारमा तिनाउँ १ का मुन बहादुर हिस्की, वडा नम्बर १ का ठूलो मान बहादुर घर्ती, वडा नम्बर १ का टिका बहादुर उचै, वडा नम्बर २ का मुना खत्री, वडा नम्बर २ का भीम बहादुर पून, वडा नम्बर २ की पबित्रा कुमाल, वडा नम्बर ३ की मन्जु गुरुङ्ग, वडा नम्बर ३ की शान्ती गाहा, वडा नम्बर ३ का डिल बहादुर लामीछाने, वडा नम्बर ३ की तिल कुमारी गुरुङ्ग, कृष्ण बहादुर सुनार, वडा नम्बर ४ का रुद्र बहादुर घर्ती, वडा नम्बर ३ का जय बहादुर कनौजे, वडा नम्बर ४ का यम बहादुर दर्लामी र वडा नम्बर ६ का थर्क बहादुर सुनारलाई तिनाउँ गाउँपालिकाका प्रवत्ता राजेश श्रेष्ठ र पाल्पा जिल्ला समाज यूकेका प्रतिनिधि इन्द्र थापा मगरले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

यस अघि पाल्पा जिल्ला समाज यूकेले बगनासकालीको खानीगाउँ र रम्भादेबी गाउँपालिकाको फोक्सिङकोटका पहिरो प्रभाबितहरुलाई समेत आर्थिक सहयोग गरेको थियो । यसरी यही आर्थिक सत्रमा मात्रै पाल्पाली भञ्याङ्ग परिवारले पाल्पाका भुकम्प प्रभाबितहरुलाई ७ लाख १५ हजार आठ समय रुपिया आर्थिक सहयोग गरेको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *