पाल्पा, पौष १२
प्रचण्ड नेपाल ने.क.पा पाल्पाले केपीशर्मा ओलीको संसद बिघटन गर्ने कार्य गैरसंबैधानिक, अलोकतान्त्रिक र असंबैधानिक भएको ठहर गरेको छ । आईतबार तानसेनमा सम्पन्न नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) जिल्ला कमिटी पाल्पाको चौथो बैठकले ओलीको निर्णय सच्याउन सर्वोच्च अदालत र निर्वाचन आयोग समक्ष माग समेत गरेको छ ।
पार्टी इन्चार्ज तथा पूर्ब मन्त्री सोम प्रसाद पाण्डे प्रमुख अतिथि, बसन्त घर्ती र ठाकुर गैरे बिशेष अतिथि रहेको बैठकले १४ गते मंगलबार के.पी ओलीको गैरसंबैधानिक कार्यको बिरोधमा तानसेनमा आयोजना गरिएको बिरोध कार्यक्रमलाई भब्य र सभ्य बनाउने समेत निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले लोकतन्त्र, संबिधान र बिधि समेत नमानेर दम्भको भरमा जे पनि गर्न सक्छु भन्दै अघि बढेकाले पार्टीमा समस्या भएको यथार्थता जनतालाई बुझाउन पनि १४ गतेको कार्यक्रम आयोजना गरिएको नेता बसन्त घर्तीले जानकारी दिनुभयो ।
बैठकको अध्यक्षता गर्नुभएका पार्टी सचिब राजेन्द्र बिश्वकर्माका अनुसार १४ गतेको बिरोध कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका सबै वडाका नेता कार्यकर्ताको सहभागीता रहने छ । आन्दोलन चोक बाट र्याली शुरु भई दिउँसो १ बजे हुलाक चोकमा हुने कोणसभालाई पार्टी इन्चार्ज सोम प्रसाद पाण्डे , नेताहरु बसन्त घर्ती, ठाकुर गैरे लगाएतका नेताहरुले संबोधन गर्ने समेत सचिव बिकले जानकारी दिनुभयो ।
मथुरा ढकालको स्वागत, जिल्ला कार्यालय सदस्य कमल प्रसाद पाण्डेको संचालनमा भएको बैठकमा पूर्ब सांसद यादब बहादुर रायमाझी , नेताहरु नेत्र प्रसाद पाण्डे, जित बहादुर थापा लगाएतको सहभागीता थियो । बैठकमा जिल्ला कमिटिका १ सय ४४ मध्ये ८७ जनाको सहभागिता रहेको जनाइएको छ ।