भारतीलाई कमलराज रेग्मी वर्ष पुरस्कार

भोजराज भट्टराई,
पाल्पा, पौष १२
शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालले यस वर्षको कमलराज रेग्मी वर्ष पुरस्कार समाजसेवी राधा भारतीलाई प्रदान गरेको छ । शनिबार रेडक्रम भवनमा प्रतिष्ठानको १५ औं वार्षिक दिवस समारोह, ९२ औं कुलमणि देवकोटा जन्मजयन्ती, कमलराज रेग्मी वर्ष पुरस्कार, सम्मान पुरस्कार तथा छात्रवृत्ति वितरण समारोहको आयोजना गरी प्रतिष्ठानद्वारा भारतीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठानका संरक्षक एवम् वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मीद्वारा आफ्नो प्रातःस्मरणीय पिता राजनीतिज्ञ, साहित्यकार कमलराज रेग्मीको स्मृतिमा स्थापना गरिदिनुभएको पुरस्कारको राशी २५ हजार नगद सहित अभिनन्दन पत्र रहेको छ ।

समाजसेवा, शिक्षा सेवा, अभिप्रेरणा पक्ष, कमलराज रेग्मीको ऐतिहासिक योगदानबारे जानकार रहनुभएकी भारतीलाई यो पुरष्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष पुष्करराज रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार विगत तीन वर्षदेखि प्रदान गर्दै आएको यस पुरस्कारबाट साहित्यकार झपेन्द्रबहादुर जिसी, वैद्यराज विश्वराज बज्राचार्य यस अघि पुरस्कृत भइसक्नुभएको छ ।
सोही अवसरमा शिक्षा, स्वास्थ्य, साहित्य, सञ्चार, स्वयम्सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका विभिन्न व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको छ । सम्मानित व्यक्तित्वहरूमा कुलमणि देवकोटा स्मृति प्रतिभा पुरस्कारबाट पवन कुमारी देवी श्रेष्ठ (मरणोपरान्त), जगतबहादुर जोशी स्मृति पुरस्कारबाट पुष्पलता श्रेष्ठ (मरणोपरान्त), जगत कूलमणि कविन्द्र त्रिनक्षत्र पुरस्कारबाट वि.के. पाल्पाली, विमला रेग्मी स्वास्थ्य सेवा पुरस्कारबाट मिना राना थापा सम्मानित हुनुभयो । यस्तैगरी शक्तिराज रेग्मी सञ्चार सेवा सम्मानबाट सञ्चारकर्मी देव पचभैया सम्मानित हुनुभएको छ । प्रतिष्ठानले इन्द्रलाल भारती शिक्षा सेवा सम्मानबाट शिक्षासेवी नवराज शर्मा र राधाबद्री स्वयमसेवा सम्मान रुद्रराज रेग्मीलाई प्रदान गरेको छ ।

यस्तै दिनानाना स्मृति सेवा सम्मान छविलाल भुसाललाई प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । बालहरी स्वास्थ्य सेवा सम्मान तुलसीप्रसाद न्यौपाने र तुलठगी शैक्षिक पुरस्कारबाट विज्ञा तिमिल्सेना सम्मानित हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार पद्मनाथ शर्मा र प्रतिष्ठानका अध्यक्ष पुष्करराज रेग्मीले संयुक्त रूपमा खादा, नगद तथा सम्मानपत्रले सम्मान गर्नुभएको थियो । पुरस्कृत तथा सम्मानित व्यक्तित्वको संक्षिप्त जानकारी प्रस्तुत गर्दै प्रतिष्ठानका सदस्य भोजराज भट्टराईले पाँच सदस्यीय समितिले विभिन्न मापदण्डका आधारमा सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरू चयन गरेको जानकारी दिनुभयो । कार्यक्रममा साहित्यकार पद्मनाथ अर्याल, ज्ञानेन्द्र श्रेष्ठ, रामप्रसाद अर्याल, सञ्चारकर्मी देव पचभैया, गुणवती केसी, अक्षयकोष दाता त्रिलोचन पौडेल, नेपाल नागरिक समाजका तर्फबाट चित्रवलीराम सुवाल लगायतका वक्ताहरूले संस्थाले पाल्पालीहरूको पहिचान राष्ट्रियस्तरमा पु¥याएकोमा प्रशंसा व्यक्त गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष पुष्करराज रेग्मीको अध्यक्षता, कोषाध्यक्ष विनोद भारतीले आर्थिक प्रतिवेदन, उपाध्यक्ष रोहितप्रसाद ज्ञवालीको स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव चन्द्रकान्त न्यौपानले गर्नुभएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *