प्रचण्डको कार्यकारी अधिकार खोस्दै ओली पक्षको बैठकले सातै प्रदेशमा संयोजक तोक्यो

काठमाण्डौं, पौष ९
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को केपी शर्मा ओली पक्षले पुष्पकमल दाहाल प्रचण्डको कार्यकारी अधिकार बदर गरेको छ । ओली पक्षको केन्द्रीय कमिटीको बिहीबारको बैठकले प्रचण्डलाई यसअघिको स्थायी कमिटी र केन्द्रीय कमिटीले दिएको कार्यकारी अध्यक्षको अधिकार बदर गर्ने निर्णय गरेको हो । प्रचण्डलाई अध्यक्षबाट नहटाइएको तर कार्यकारी अधिकारको दुरुपयोग गरेकाले अधिकार भने बदर गरिएको ओली पक्षका नेताहरूले जनाएका छन् । ओली पक्षले ओलीको मात्रै हस्ताक्षर चल्ने गरी निर्णय गरेर निर्वाचन आयोगमा पत्र पठाएको छ ।

यसैबीच ओली पक्षले विभिन्न प्रदेश र सङ्गठनमा संयोजक नियुक्त गरेको छ । ओली पक्षले प्रदेश १ को संयोजकमा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शङ्कर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई संयोजक तोकेको छ । यस्तै जनवर्गीय सङ्गठनमा टोपबहादुर रायमाझी र काठमाण्डौ उपत्यकामा कृष्णगोपाल श्रेष्ठलाई ओली पक्षले संयोजक तोकेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *