काठमाण्डौं, पौष ६
प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्य भएर संसद् विघटन गरेको बताउनुभएको छ । आफूलाई कामै गर्न नदिएपछि यस्तो निर्णय गर्नुपरेको उहाँको भनाई छ । सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै ओलीले आफ्नै पार्टीका केही नेताको सत्ता लोभको कारण सरकार र पार्टीलाई बन्दी बनाउने काम गरेकाले आफूले नयाँ कदम चालेको ओलीले बताउनुभयो ।
सरकारले राम्रा काम गर्दा पनि षड्यन्त्रका जाल बुनेर आफूलाई खेद्ने प्रयास गरिरहेको ओलीको भनाई छ । आइतबार मन्त्रिपरिषद्को बैठक बोलाएर प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको थियो । पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेको भन्दै प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हो ।