पाल्पामा भएको टिप्पर दुर्घटनामा २ जना घाइते, चालक पक्राउ

पाल्पा, पौष ५
आईतबार पाल्पामा भएको टिप्पर दुर्घटनामा २ जना घाइते भएका छन् । रम्भा गाउँपालिका ३ अगाहखोलामा भएको दुर्घटनाका घाईते गल्याङ नगरपालिका २ स्याङ्जाका १६ वर्षिय सुनिल सुनार र सोही स्थानका ४० वर्षिय ज्ञान बहादुर बिकको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको छ । सिद्धार्थ राजमार्गको बुटवल देखि स्याङ्जाका लागि छुटेको बा ५ ख ९१५३ नम्बरको टिप्पर दुर्घटनामा परेको हो । घाइते ज्ञान बहादुरको अवस्था गंभिर रहेको जानकारी दिदै प्रहरीले चालकलाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका सुचना अधिकारी प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *