संसद विघटनको प्रतिवाद गर्ने नेकपा, काग्रेस र जसपाको निर्णय

काठमाण्डौ, पौष ५
नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटनको प्रतिवाद गर्ने निर्णय गरेका छन् । नेकपाको पहलमा तीन दलका नेताहरुको बैठक कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेर सो निर्णय गरेका हुन् । बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी भएका थिए भने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड र मिनेन्द्र रिजाल तथा जसपाका डा. बाबुराम भट्टराई र राजेन्द्र महतोको सहभागीता थियो । बैठकले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिस र त्यसलाई अनुमोदन गर्ने राष्ट्रपतिको कदम दुबै असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गरेको छ । यसको विरोध गर्ने र संयुक्त रुपमा प्रतिवाद गर्ने निर्णय समेत भएको नेताहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *