७ मन्त्रीले दिए राजीनामा, ओलिलाई माओबादीका बादल र भट्को साथ

५ पुस, काठमाडौं
संसद विघटनको विरोधमा प्रचण्ड र माधब नेपाल पक्षका सात मन्त्रीले राजीनामा दिएका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव, र खानेपानीमन्त्री विना मगरले शामुहिक राजिनामा दिएका हुन् । यस अघि प्रचण्ड पक्षका नेता रहेका गृहमन्त्री राम बहादुर थापा बादल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट भने राजीनामा नदिएर ओलिको पक्षमा उभिएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *