काठमाण्डौ पौष ५
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गर्नुभएको छ । आज बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर उहाँले संसद विघटनको सिफारिस गर्नुभएको हो ।
नेकपा पार्टी भित्र विवाद बढिरहँदा आफूलाई हटाउने तयारी भइरहेका भन्दै प्रधानमन्त्री ओलीले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको जनाइएको छ ।