पाल्पा, पौष ३
लुम्बिनी प्रदेश शिक्षा तालिम केन्द्र, रुपन्देहीको आयोजनामा शिक्षकको पेशागत विकास तालिम कार्यशाला शुक्रबार देखि शाखा कार्यालय पाल्पामा शुरू भएको छ । तालिम उद्घाटन कार्यक्रममा बोल्दै तालिम प्रमुख यमबहादुर के. सी. ले शिक्षकहरूको पेशागत क्षमता अभिबृद्धि र बृत्तिविकासमा सहयोग पुग्ने गरी शिक्षासम्बन्धि ऐनकानूनमा व्यवस्था भए अनुसार शिक्षकको पेशागत विकास (टिपिडि) तालिम सञ्चालन गरिएको बताउनु भयो । चालु आर्थिक वर्षमा करिव ३५ सय शिक्षकलाई तालिम दिने कार्यक्रम प्रदेश तालिम केन्द्र लुम्बिनीमा रहेको जानकारी गराउनु भयो । उहाँले विद्यार्थीको सिकाइ उपलब्धी बिस्तारै घटेको तथ्याङ्ले देखिएकोले तालिमबाट विद्यार्थीको सिकाइमा सकारात्मक बृद्धि हुनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख रमेशराज पौडेलले शिक्षकको क्षमता अभिबृद्धिका लागि तालिम महत्वपूर्ण भएको बताउनु भयो । उहाँले विद्यार्थीको नतिजा सुधारका लागि सबैको भूमिका रहेको जनाउँदै तालिममा सिकेका सिपलाई कक्षाकोठा पु¥याउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा प्रशिक्षक गोपालप्रसाद वश्यालले टिपिडि तालिमको ढाँचा, दश दिने तालिम कार्यशालाको विषयवस्तु र मूल्याङ्कनबारे जानकारी दिनुभयो । दश दिने कार्यशाला पश्चात् डेढ महिनाको विद्यालयमा आधारित परियोजना कार्य सम्पन्न गरी प्रतिबेदन बुझाएपछि मात्र शिक्षकहरूको तालिम प्रमाणीकरण हुने बस्यालको भनाई थियो । तालिममा पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका २७ जना निम्न माध्यमिक तहका अंग्रेजी विषय शिक्षकहरूको सहभागिता छ । दश दिनसम्म सञ्लाचन हुने तालिममा प्रशिक्षक गोपालप्रसाद वश्याल, होमराज खड्का, कृष्ण बहादुर मल्ल र हरि प्रसाद घिमिरेले सहजीकरण गर्नु हुनेछ । तालिम प्रमुख यमबहादुर के. सी.को अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रमेशराज पौडेल हुनुहुन्थ्यो । कार्यक्रममा प्रशिक्षक गोपालप्रसाद वश्यालको स्वागत र सहायक सुरेश बुद्धाचार्यको सञ्चालनमा भएको हो ।