पाल्पा, पौष ३
पाल्पाको बगनासकाली गाउँपालिकाले पाठ्य पुस्तक हाम्रो बगनासकाली कक्षा १ को लोकार्पण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्थानीय पाठ्यक्रम २०७७ मा आधारित पाठ्य पुस्तक हाम्रो बगनासकाली कक्षा १ को लोकार्पण गरिएको हो । पाठ्य पुस्तकको लोकार्पण गर्दे गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले , स्थानिय कला, संस्कृति, भौगोलिक तथा एतिहासिक पक्षहरुलाई समेटेर पाठ्य पुस्तक तयार पारिएकाले बिद्यार्थीहरुलाई नजिकका कुरा थाहा पाउन सजिलो हुने बिश्वास लिनुभयो ।
जनप्रतिधि,शिक्षा समिति, बिद्यालयका प्रधानाध्यापकहरु पत्रकार लगाएतको सहभागीता रहेको कार्यक्रममा अध्यक्ष बस्यालले बिद्यार्थीको पढाई र समग्र शैक्षिक अवस्था उकास्न प्रधानाध्यापकको अहम् भूमिका हुने भएकाले ईमान्दारीताका अघि बढ्न आग्रह पनि गर्नुभयो । पहिलो पटक पाठ्य पुस्तक तयार पारिएकाले थप्नु पर्नेलाई थप्दै जाने र हटाउनुपर्ने केही भए हटाएर थप परिस्कृत गरिने पनि अध्यक्ष बस्यालको भनाई थियो ।
कार्यक्रममा पाठ्य पुस्तक निर्माण समुहका तर्फ बाट बोल्दै दयाराज कडेलले यस अघि बिद्यार्थीहरुले देश बिदेशका कुराहरु पढ्न, सम्झन गारो हुने भएकाले अहिले तयार पारिएको पाठ्य पुस्तकले बिद्यार्थीहरुलाई ठुलो राहत मिल्ने बताउनुभयो । कार्यक्रममा बगनासकाली पत्रकार समुहका संयोजक दिपक ढुङ्गना, पत्रकार महासंघका संघिय सभासद देब पचभैया, पालिकाका कार्यसमिति सदस्य एबम् वडा अध्यक्ष टिका बहादुर थापा, प्रबक्ता लक्ष्मी अधिकारीले बिद्यार्थीको मनोभावना बुझेर पठ्न पाठन हुनुपर्नेमा जोड दिनुभयो ।
ब्यवहारिक शिक्षाको महत्व बढ्दै गएको भन्दै गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदिले कितावी ज्ञान मात्रै नभई अतिरित्त क्रियाकलापमा समेत ध्यान दिएर पढाउन आग्रह गर्नुभयो । बिष्णु मा.बि. का प्र.अ सुरेश गैरेको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख गुनाराम खनालको संचालनमा कार्यक्रम भएको हो ।