दमकडामा गत बर्ष सम्पन्न महोत्सवको आम्दानी खर्च सार्वजनिक

पाल्पा, मंशिर ३०
गत बर्षको फागुन १ देखि ११ सम्म दमकडामा सम्पन्न पाल्पा महोत्सवको आम्दानी खर्च सार्वजनिक भएको छ । मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी प्रथम पाल्पा महोत्सवको आयव्यय सार्वजनिक गरिएको हो । महोत्सव आयोजक पाल्पा ब्यापार संघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महोत्सवका आर्थिक संयोजक विष्णु खनालले ११ दिनसम्म चलेको महोत्सवबाट ७८ लाख ४३ हजार १५२ रुपियाँ आम्दानी भएको र ६५ लाख १८ हजार ८४३ रुपियाँ खर्च भएको जानकारी दिनुभयो । १३ लाख ९२ हजार ५७६ रुपियाँ मेला बाट नाफा भएको तर कोरोनाका कारण केही पैसा उठ्न बाँकी रहेको उहाँले बताउनुभयो ।

महोत्सवपछि तत्काल आम्दानी र खर्च सार्वजनिक गर्ने भनिएपनि कोरोनाका कारण आम्दानी खर्च सार्वजनिक गर्न ढिलाई भएको संघका अध्यक्ष चिरञ्जीवि पोखरेलले बताउनुभयो । मेला सम्पन्न गर्न आर्थिक, भौतिक तथा जुन सुकै सहयोग गर्ने सबैमा धन्यबाद दिदै अध्यक्ष पोखरेलले मेला स्थल दमकडा मैदानको स्तरउन्नतीका लागी मेलाको आम्दानी बाट एक लाख रुपिया प्रदान गर्ने बताउनुभयो । दमकडामा सम्पन्न महोत्सवले ग्रामीण क्षेत्रमा पनि व्यापार मेला गर्न सकिने प्रमाणित गरेको अध्यक्ष पोखरलेको भनाई छ ।

पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका सहसचिव कृष्ण कार्कीले व्यापारी व्यवसायीहरूको हितकर हुने काममा सक्रिय हुनुपर्नेमा जोड दिदै महोत्सवले गाउँ क्षेत्रका किसान तथा ब्यापारी ब्यवशायीलाई पनि थप उर्जा र उत्साह थपेको बताउनुभयो । संघका उपाध्यक्ष ठानेश्वर गैरेले पहिलो पटक ग्रामिण क्षेत्रमा महोत्सव सफल बनाएको भन्दै आगामी दिनमा पनि सबैको सहयोगमा संघले सिर्जनात्मक काम गर्दे जाने बताउनुभयो ।

संघका अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव पर्शराम पौडेलले गर्नुभएको थियो । यही पौष ११ गते साधारण सभा एवम् अधिबेशनको तयारीमा रहेको पाल्पा ब्यापार संघले नयाँ नेतृत्व चयन गर्दे थप सक्रिय रुपमा ब्यापारी ब्यवशायीको हितमा लाग्ने जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *