पाल्पा, मंशिर २९
नेपाली काग्रेसका पूर्ब केन्द्रिय सदस्य राजन पन्त र काग्रेस पाल्पाका सभापति बिरबहादुर रानाले जनता ढाट्दै अघि बढेको बर्तमान सरकार भष्ट्राचारमा डुबेको आरोप लगाएका छन् । चुनावमा गरेका बाचा र प्रतिबद्धतालाई कुल्चिदै निरङकुश शैलीमा सरकार अघि बढेको भन्दै काग्रेसका पूर्ब केन्द्रिय सदस्य राजन पन्तले बिकास र समृद्धि बिरोधी सरकारलाई सच्चिन आग्रह गर्नुभयो । अहिलेको सरकार भष्ट्राचारी सरकार बनेका बिभिन्न तथ्य र प्रमाणले पुष्टि गरेको नेता पन्तको भनाई छ । सोमबार तानसेनमा सम्पन्न सरकार बिरुद्धको प्रर्दशनलाई सम्बोधन गर्दे लुम्बिनी प्रदेश सभा सदस्य समेत रहनुभएका काग्रेस, पाल्पाका सभापति बिरबहादुर रानाले तनहुँमा काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल माथि सरकारले गरेको दुब्र्यवहार प्रति आपत्ति जनाउनुभयो ।
अहिलेको अधिनायकबादी सरकारबाट जनताले बिकास र समृद्धिको आशा गर्न नसक्ने रानाको भनाई थियो । कार्यक्रममा बोल्दै नेबिसंघ, पाल्पाका कार्यबाहक अध्यक्ष सुरेश बोहोरा र महिला संघ, पाल्पाकी जिल्ला अध्यक्ष गंगा पौडेलले बर्तमान सरकार प्रति प्रतिपक्षी मात्रै नभई नेपाली जनतानै असन्तुष्ट रहेको दाबी गर्नुभयो । पार्टी कार्यालबाट जुलुस सहित निस्किएको र्यालीले तानसेनका बिभिन्न स्थानको परिक्रमा गरि बिशालबजारमा पुगि कोणसभा भएको थियो ।
अधिकांस कार्यक्रममा घण्टौ सम्म नाराबाजी र भाषण हुने भएपनि सोमबार काग्रेसको कार्यक्रम भने छोटो र प्रभावकारी भएको नेता कार्यकर्ताहरुले बताएका छन् । सरकार बिरुद्धको कार्यक्रममा बोल्ने बक्ताहरुले सरकारको कार्यशैलीको बिरोध गरेपनि राजीनामा भने मागेनन् । कांग्रेस पाल्पाका सचिब झपेन्द्र गहिरेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो । नेपाली कांग्रेस केन्द्रिय समितिको निर्णय र निर्देशन अनुसार सोमबार ७७ वटै जिल्लामा सरकार बिरुद्ध प्रर्दशन र बिरोध कार्यक्रम सम्पन्न भएका हुन् ।