काठमाण्डौं,मंशिर २९
नेपाली कांग्रेसले आज ७७ वटै जिल्लामा प्रदर्शन गर्दै छ । जनहित बिरुद्ध सरकार सक्रिय भएकाले देशैभरी कांग्रेसले प्रदर्शन गर्न लागेको जनाएको छ । भ्रष्टाचार बढेको, प्रधानमन्त्री आफै भ्रष्टाचारी जोगाउन लागि परेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा सरकार असफल भएको लगाएतका कारणले बाध्य भएर आन्दोलन गर्नु परेको कांग्रेसले जनाएको छ । विरोधका कार्यक्रमका लागि ७७ वटै जिल्लामा केन्द्रीय नेताहरूले सम्बोधन गर्ने तयारीमा छन् ।
कोरोना संक्रमणको जोखिमले भौतिक दूरी कायम गर्दै अनिवार्य मास्क लगाएर सडक प्रदर्शनमा आउन कांग्रेसले नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।