पाल्पा, मंशिर २६,
पाल्पामा होम क्वारेनटिनमा रहेका कोरोना संक्रमित पुरुषको ज्यान गएको छ । तिनाउँ गाउँपालिका ६ का ४४ बर्षिय पुरुषको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको हो । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि बुधबार कोरोना परिक्षणको लागि स्वाव दिएर घरमै रहेका पुरुषको शुक्रबार बिहान कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएको खवर पछि झन् बिरामी परेका उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज ल्याएपनि अस्पतालका डाक्टरले बाटोमै ज्यान गएको पुष्टि गरेका हुन् । संक्रमण बाट ज्यान गुमाएका पुरुषको शब अस्पतालमै राखिएको छ । शनिबार मात्रै नेपाली सेना द्धारा शबको ब्यवस्थापन गर्ने अस्पतालले जनाएको ज्यान गुमाएका पुरुषको आफन्तले जनाएका छन् ।
शुक्रबार नै पूर्बखोला ६ का ८७ बर्षिय बृद्धको पनि कोरोना संक्रमण बाट ज्यान गएको छ । गएको २२ गते कोरोना संक्रमणको पुष्टि पछि बुटवल स्थित नेशनल अस्पतालमा उपचार गराइरहेको अवस्थामा शुक्रबार बिहान ज्यान गएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । शुक्रबार थप दुई जनाको ज्यान गएसंगै पाल्पामा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । पाल्पामा कोरोना संक्रमितको संख्या १७ शय नाघेको छ ।