शुक्रबार बिहानै थपिए पाल्पामा २८ जना कोरोना संक्रमित

पाल्पा, मंशिर २६
पाल्पामा थप २८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । शुक्रबार बिहानै स्वास्थ्य कार्यालय, पाल्पाले सार्वजनिक गरेको बिवरण अनुसार पूर्बखोला गाउँपालिकामा मात्रै १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । तानसेन नगरपालिका तथा अस्पतालहरुमा ५ जना, रैनादेबी छहरामा ३, माथागढीमा २ , रामपुरमा १ र रिब्दीकोट गाउँपालिकामा १ जनामा संक्रमणको पुष्टि भएको हो । शुक्रबार थपिएका २८ जना संगै पाल्पामा संक्रमितको संख्या १७ सय १ पुगेको छ । संक्रमण बाट २५ जनाको ज्यान गएको पाल्पामा सक्रिय संक्रमितको संख्या १ सय ४६ रहेको छ । पाल्पामा ९ सय २० जनामा शमुदाय स्तरमा संक्रमण फैलिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *