६० रोपनी जग्गामा सहकारीले रोप्यो १ सय २० बोरा आलु

पाल्पा, मंशिर २६
गोरेटो कृषि सहकारी संस्था बगनाँसकाली ७ दैलातुङ्ग, पाल्पाले ६० रोपनी जग्गामा १ सय २० बोरा आलु रोपेको छ । वडा कार्यालवको समन्वय र कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा दैलातुङ्ग फाँटमा सहकारी मार्फत भाडामा जग्गा लिएर सहकारीका सदस्यहरुले आलु रोपेको सहकारीका अध्यक्ष गिर बहादुर सारुले जानकारी दिनुभयो ।

झण्डै ७ लाखको योजना अनुसार काम भैरहेकोमा हुन आउँने खर्चमध्ये ५० प्रतिशत कृषि ज्ञान केन्द्र र बाँकी ५० प्रतिशत सहकारीले बेहोर्ने सहकारीले जनाएको छ ।

पछिल्लो समय स्थानीय आलुको माग संगै मूल्य पनि बढ्दै गएपछि आलु रोपाईमा कृषकहरुको आकर्षण बढेको स्थानीय रमेश खलालले बताउनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *