पार्टी एकताको विकल्प छैन ः मुख्य मन्त्री पोखरेल

पाल्पा, मंशिर २३
लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले पार्टी एकताको विकल्प नभएको बताउनुभएको छ । नेकपा पार्टीको एकता बलियो हुन नसके कम्यूनिष्ट आन्दोलन भड्खालोमा जाने उहाँको भनाई छ । मंगलबार पाल्पाको तानसेनमा सूर्य बुलेटिनको वितरण गर्दै नेकपाका नेता पोखरेलले पार्टी अलग हुँदा एकताको भाव भएपनि संस्थागत भएपछि झन् उल्टो भएको बताउनुभयो ।

पार्टी एकताको रक्षा गर्न नेताहरुनै सच्चिनुपर्नेमा उहाको जोड छ । नेपाल कम्यूनिष्ट पार्टीको एकता गंभिर मोडमा आएको भन्दै उहाँले केन्द्रिय नेतामा एकताको भावभन्दा अन्तरद्धन्द्ध बढेको बताउनुभयो । विभाजित मनहरुलाई एक ठाउँमा जोड्न कार्यकर्ताबाट पनि चर्को दवाव आवश्यक रहेकोमा उहाँले जोड दिनुभएको छ । नेकपा प्रचार प्रसार तथा प्रकाशन विभागद्वारा प्रकाशित दोस्रो बुलेटिन तानसेनमा वितरण गरिएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *