शिशु जन्माएर फाल्ने आमा पक्राउ

पाल्पा, मंशिर २३
पाल्पामा शिशु जन्माएर फाल्ने आमा पक्राउ परेकी छिन् । घटनामा संलग्न भएको भन्दै प्रहरीले तानसेन १४ की २६ वर्षिया हुमा कुमारी दर्जीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । गएको १८ गते बगनाँसकाली गाउँपालिका १ खोरबारी स्थित बगनाँसकाली हेल्थ पोष्ट नजिकै खोल्सामा वेवारिसे अवस्थामा भर्खर जन्मिएको शिशु (छोरा ) मृत भेटिएको थियो । माईत बस्दै आएकी दर्जीले शिशु जन्माएर फालेको खुल्न आएको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *