काठमाण्डौं, मंशिर २२
नेपाली चलचित्रका नायिका श्वेता खड्काको दोस्रो बिवाह सम्पन्न भएको छ । बहुचर्चित नायक आफ्ना श्रीमान् श्री कृष्ण श्रेष्ठ स्वर्गे भएको ६ वर्ष पछि श्वेताले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्नुभएको हो । उहाँको २०७१ साल असार २३ गते नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको थियो । तर बिहे भएको एक महिनामै २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा श्रीकृष्णको निधन भएको थियो ।
चलचित्र ‘कहाँ भेटिएला’ बाट सिने क्षेत्रमा प्रवेश गर्नुभएकी श्वेता दर्शकको प्रिय नायिका हुनुहुन्छ । चलचित्र सँगै विभिन्न व्यवसायमा समेत आबद्ध श्वेताले चलचित्र र ब्यवशाय दुबै क्षेत्रमा सफलता हासिल गर्नुभएको छ ।