मगर भूतपूर्व सैनिक तथा प्रहरी संघले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्ने

काठमाण्डौं, मंशिर २०
नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्ने भएको छ । संघको हालै सम्पन्न भर्चुअल बैठकले डाक्टर महाबीर पुनको नेतृत्वमा संचालन भएको राष्ट्रिय आविश्कार केन्द्रलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । समितिको निर्णय पछिनै देशै भर रहेका मगर भूपू तथा इच्छुक नेपाली सवैलाई सक्दो सहयोग गर्न आग्रह गरिएको नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघका संघिय अध्यक्ष हुम बहादुर थापा ( पचभैया) ले जानकारी दिनुभयो । संघ, प्रदेश तथा जिल्ला समितिका पदाधिकारीहरुलाई भेट गरि सहयोग रकम हस्तान्तरण गर्न आग्रह गरिएको जानकारी दिदै अध्यक्ष थापाले आगामी पौष २९ सम्म मात्रै सहयोग गर्न सकिने बताउनुभयो । संकलित रकम काठमाण्डौंमा उपलब्ध समितिका पदाधिकारी, सल्लाहकार सहित पत्रकार सम्मेलन गरी आविश्कार केन्द्रलाई हस्तान्तरण गरिने संघले जनाएको छ ।

सहयोगका लागि संघले सम्पर्क ब्यक्तिहरुको मोबाईल नम्बर संगै रकम जम्मा गर्न बैंक खाता दिएको छ । नेपाल मगर संघको भातृ संस्थाको रुपमा रहेको नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघमा, बेलायत, सिङ्गापुर, भारत, नेपाल लगाएतका शैनिक तथा प्रहरीहरुको सहभागीता रहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *