सफल हुँदै सिर्जनशिल अपाङ्ग स्वावलम्बन केन्द्र

पाल्पा, मंशिर १९
पाल्पामा संचालन भएको सिर्जनशिल अपाङ्ग स्वावलम्बन केन्द्र फरक क्षमता भएकाहरुका लागी भगवान सावित भएको छ । अपाङ्गता भएकाहरुलाई रोजगारी प्रदान गर्नुका साथै पढाई र आवासको समेत सुविधा दिन सफल भएको केन्द्रमा १४ जनाले रोजगारी पनि पाएका छन् । नर्सरी देखि स्नातकोत्तर तह सम्मका ४० जना विद्यार्थी लाई निशुल्क छात्र बृत्ति प्रदान गरि पढाउँदै आएको सिर्जनशिल अपाङग केन्द्रमा १४ जना कामदार र ६ जना कर्मचारी छन् । झोल सावन , फिनेल, अगरबत्ती, चिया पत्ती, सेनीटाईजर,बाँसको र्याक, मुढा , अम्रिसोको कुचो, ट्वाईलेट क्ल्निर , मास्क, गुडिया, कुलिन् जस्ता दर्जन बढी उपयोगी सामाग्री उत्पादन र बिक्रिबितरणमा खटिएका १४ जना मध्ये २ जना स्वरगोलाई, ५ जना शारिरिक अपाङगता र ७ जना आँखा नदेख्नेहरु हुन् । पाल्पाका ६, गोर्खा र अर्घाखाँचीका २ ÷२ जना र रुपन्देहीका ४ जनालाई रोजगारी दिएको भन्दै केन्द्रका अध्यक्ष सन्दिप भट्राईले सिप, जाँगर र इच्या भएका जो सुकै फरक क्षमताका आएपनि संस्थाले रोजगारी दिन तयार रहेको बताउनुभयो ।

संस्थामा उत्पादित सामानहरु उनीहरु आफैले कार्यालय, संघसंस्था र पसल तथा घर घरमा बिक्रि गर्दै आएका छन् । बेच्दा कमिशन र बनाउँदा ज्याला पाएको ८ बर्ष देखि यही संस्थामा कार्यरत छहरा पाल्पाका ४६ वर्षिय प्रेम बहादुर रानाले बताउनुभयो । कामका आधारमा मासिक ५ हजार देखि १५ हजार सम्म आम्दानी हुने अर्का कर्मचारी २८ बर्षिया तुलसा पौडेलले बताउनुभयो । जिउने आधार नै सिर्जनशिल अपाङगता केन्द्र भएको उनीहरुको भनाई छ ।

बिभिन्न ब्यतिm र संघ संस्थाको सहयोगमा संचालन हुँदै आएको केन्द्रलाई स्थानीय सरकारले भने वास्ता नगरेको अध्यक्ष भट्राईको गुनासो छ । उनीहरु ३ बर्ष देखि आफ्नै भवन निर्माण गरी शामुहिक रुपमा बस्दै आएका छन् । १० अघि देखि यो संस्था पाल्पामा कृयाशिल रहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *