पाल्पा, मंशिर १७
पाल्पामा बुधबार थप ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगरपालिका तथा अस्पतालहरुमा मात्रै १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । रिब्दीकोट गाउँपालिकामा ४ जना, बगनासकाली गाउँपालिकामा ७ जना, पूर्वखोला गाउँपालिकामा ६ जना, रामपुर नगरपालिकामा २ जना, रैनादेबी छहरा गाउँपालिकामा २ र तिनाउँ गाउँपालिकामा १ जनामा संक्रमणको पुष्टि भएको हो । बुधबार थपिएका संगै पाल्पामा संक्रमितको संख्या १५ सय ९६ पुगेको छ । संक्रमित मध्ये १३ सय ७१ जना निको भएका छन् भने पाल्पामा २ सय २ जना सक्रिय संक्रमित रहेका छन् ।