बुधबार बिहानै पाल्पामा २ कोरोना संक्रमितको ज्यान गयो

पाल्पा, मंशिर १७
बुधबार बिहानै पाल्पामा २ जना कोरोना संक्रमितको ज्यान गएको छ । लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारका क्रममा पाल्पाका एक र स्याङ्जाका एक पुरुषको ज्यान गएको हो । मेडिकल कलेजका अनुसार बगनासकाली गाउँपालिका १ , पाल्पाका ३८ वर्षिय पुरुषको बिहान ४ बजे र गल्याङ नगरपालिका ४ स्याङ्जाका ३९ वर्षिय पुरुषको उपचारका क्रममा बिहान ५ बजे ज्यान गएको हो । ज्यान गुमाएका बगनासकाली १ का पुरुषको १२ गते कोरोना संक्रमणको पुष्टि भएपछि १४ गते अस्पताल भर्ना भई उपचार भैरहेको थियो ।

स्वास्थ्यमा समस्या भई १ गते अस्पताल भर्ना भएका गल्याङ्ग ४ का बिरामीमा २ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । बुधबार २ जनाको ज्यान गए संगै पाल्पामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । पाल्पामा कोरोना संक्रमितको संख्या १५ सय नाघेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *