शनिबार पाल्पामा थप ३८ जनामा कोरोना संक्रमणको पुष्टि

पाल्पा, मंशिर १२
शनिबार पाल्पामा थप ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगरपालिका तथा अस्पतालहरुमानै १६ जनामा संक्रमणको पुष्टि भएको हो । बगनासकाली गाउँपालिकामा ७ जना, पूर्वखोला गाउँपालिकामा ६, रिब्दीकोट गाउँपालिकामा ४, रैनादेबी छहरा गाउँपालिकामा २ , रामपुरमा २ र तिनाउँ गाउँपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । शनिबार थपिएका ३८ संगै पाल्पामा संक्रमितको कुल संख्या १५ शय ४७ पुगेको छ । संक्रमित मध्ये पाल्पामा १३ सय ४ जना निको भएका छन् भने २ सय ३१ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमण बाट पाल्पामा २२ जनाको ज्यान गएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *