गुल्मी, मंशिर १२
गुल्मीमा शुक्रबार बिहान जीप पल्टिदा ५ जनाको ज्यान गएको छ । दुर्घटनामा २ जना गंभिर घाइते भएका छन् । इस्मा गाउँपालिका ४ हुला गाउँबाट तम्घासका लागि छुटेको लु १ ज ११६६ जिप हुला भन्ने स्थानमा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थप जानकारी नआएको भन्दै प्रहरीले ५ जनाको ज्यान गएको पुष्टि गरेको हो ।