पाल्पा, मंशिर ११
पाल्पाको रामपुरमा घर नजिकैको कुलोमा डुबेर २ बर्षिय बालकको ज्यान गएको छ । रामपुर ३ रजघराका दामोदर देवकोटाका छोरा २ बर्षिय बोधराज देवकोटाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । घर आगनमा खेल्ने क्रमम कुलोमा खसि डुबिरहेको अवस्थामा हजुरबुवाले देखेपछि तत्काल निकाली उपचारका लागी रामपुर अस्पताल पठाएपनि डाक्टरले मृत घोषणा गरेको स्थानीयले जनाएका छन् । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।