सार्वजनिक भएको केही दिनमै दर्शक स्रोताको प्रिय बन्यो रित

सन्तोष बस्याल
पाल्पा, मंशिर ११
नेपाली संगित बजारमा फेरी अर्को मर्मस्पर्षी गित दर्शक स्रोता माझ आएको छ । सिड इन्टरटेनमेन्ट मार्फत भर्खरै डिजिटल बजारमा सार्वजनिक भएको रित बोलको गितमा प्रताप दासको आवाज रहेको छ । मानिसको बास्तबिक जिवनमा घट्ने घटनालाइ सन्दर्भ बनाइएको उक्त गितका शब्द बिमल जिसीले लेख्नुभएको हो । राजकुमार बगरको संगित रहेको गितमा डोलराज बाह्रघरे मगरको उत्कृष्ट संगित संयोजन रहेको छ ।

भिडियोमा दल बहादुर थापा, सृजना आले, काजल भुजेल र बिष्णु मास्की लगाएतको अभिनय छ । देबेन्द्र पाण्डेले निर्देशन गरेको भिडियो गितको मर्म अनुशार रहेको दर्शकहरुको भनाई छ । भिडियोमा बिपिन क्षेत्रीको छायांकन, सौगात धितालको ड्रोन र बिकास दाहालको सम्पादन रहेको छ । गित र भिडियोले नेपाली संगित बजारमा राम्रो छाप छोड्ने अपेक्षा गरिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *