काठमाण्डौं, मंशिर १०
चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा ज्यान गएको छ । अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको नोभेम्बरको सुरुमा ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया भएको थियो । त्यसपछि अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको जनाइएको थियो । म्याराडोना कप्तान भएको बेला अर्जेन्टिनाले १९८६ मा वल्र्ड कप जितेको थियो ।
जसले उहालाई उत्कृष्ट खेलाडीको रूपमा विश्वभर चिनाउन सहयोग गरेको थियो ।