पाल्पा, मंशिर १०
पाल्पामा भएको ट्याक्टर दुर्घटनामा सहचालकको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । रैनादेवी छहरा गाउँपालिका ६ मा मंगलबार बेलुकी भएको दुर्घटनामा ट्याक्टरका सहचालक सोही स्थानका १९ बर्षिय रमन भट्टराईको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । दुर्घटनाका घाइते १६ वर्षिया रक्षा के.सी, १५ वर्षिया सबिज्ञा के.सी र १४ वर्षिय बिकास रायमाझीको तिनाउँ मेडिकल हल बुटवलमा उपचार भैरहेको छ । पराल बोकेर दमार बाट माझिटोलका लागि छुटेको लु ३ त ७१५६ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । चालकलाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।