बिद्यालय खोल्न हतार नगर


बिद्यालय खोल्न हतार नगर

संघिय सरकारले निर्देशिका जारी गर्दे अवस्था हेरेर शैक्षिक संस्थाहरु संचालन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ । केन्द्रबाट निर्णय नआउँदै पाल्पाका अधिकांस बिद्यालयहरुले जोरबिजोर, टोल शिक्षा वा आलोपालोको नाउँमा बिद्यालयलहरु संचालन गरीसकेका थिए । तानसेनका केही निजि बिद्यालयहरुले समेत सिमित बिद्यार्थीमात्रै भन्दै कक्षा कोठामै पढाइरहेका छन् । जिल्लाको निस्दी, बगनासकाली गाउँसरकारले मिति तोकेरै बिद्यालय संचालन गर्ने निर्णय गरेका छन् । अन्य पालिकाले पनि शैक्षिक संस्था संचालन गर्ने सोचमा रहेको बताउँदै आएका छन् ।

जिल्लामा बिभिन्न कारणले कोरोना परिक्षण गर्ने क्रमनै कम भएको छ । लक्षण देखिएकाले समेत स्वास्थ्य परिक्षण गरेका छैनन् । अत्यावश्यक भएपछि परिक्षण गर्ने पर्नेले मात्रै परिक्षण गर्दा पनि संक्रमितको संख्या दिनदिनै बढेको प्रमाण आईतबार एकै दिन ३९ जनामा संक्रमणको पुष्टि भएको रेकर्डले प्रमाणित गरेको छ । कोरोना जिते भनिएकाहरुको संक्रमण पछि निको भयो भएन भनेर पुन परिक्षण गरिएको छैन । १४ दिन होम आइसोलेशनमा बसेपछि फेरी परिक्षण गर्न नपर्ने सरकारले भनेपछि जिल्लाको चासो यसमा छैन ।

संक्रमितले उपचार पाउन निकै समस्या छ । गाडीको समस्या एकातिर छ । अस्पताल भर्ना र उपचारमा हुने कठिनाई भोग्नेहरुले मात्रै बुझेका छन् । संक्रमितले भेन्टीलेटरको खोजीमा बुटवल भैरहवा धाउँदा समेत नपाएपछि फेरी पाल्पा फर्किएर ज्यान गुमाउनुपरेको घटना पाल्पाकै छ । यस्तो बिषम अवस्थामा समेत शैक्षिक संस्था संचालन गर्ने होडबाजी शुरु हुनु दुखद हो । भगवान भरोसामा चलेको अहिलेको परिस्थितिलाई बेवास्ता गर्दे स्थानीय सरकारले तत्काल बिद्यालय खोल्ने गरेको निर्णय सच्याएकै बेश छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *