आइतबार एकै दिन पाल्पामा ३९ जनामा कोरोना संक्रमणको पुष्टि

पाल्पा, मंशिर ७
आइतबार एकै दिन पाल्पामा ३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगरपालिका तथा अस्पतालमा मात्रै ३० जनाको रिपोर्ट पोजेटिभ आएको हो । माथागढी गाउँपालिकामा ३ जना, पूर्बखोलामा २, बगनासकालीमा २ , रिब्दीकोटमा १ र रैनादेबी छहरा गाउँपालिकामा १ जनामा संक्रमणको पुष्टि भएको हो । आईतबार थपिएका संगै पाल्पामा कुल संक्रमितको संख्या १४ सय ६३ पुगेको छ । संक्रमित मध्ये ११ सय ९३ जना निको भएका छन् भने पाल्पामा सक्रिय संक्रमितको संख्या २ सय ५१ पुगेको छ । कोरोना संक्रमण बाट १९ जनाले ज्यान गुमाएका पाल्पामा ७३ जना स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमणको पुष्टि भैसकेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *