११ देखि १३ सम्म हुन लागेको व्यवसायीको चुनावको तयारी तिब्र

काठमाण्डौं, मंशिर ६
यही मंशिर ११ देखि १३ सम्म हुन लागेको व्यवसायीको चुनावको तयारी तिब्र पारिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको चुनावका उम्मेदवारहरुले प्रचार अभियानलाई समेत तिब्र पारेका छन् । वरिष्ठ उपाध्यक्षदेखि कार्यकारिणी सदस्यसम्मका उम्मेदवारहरूले भोट माग्ने क्रम चलिरहेको छ । महासंघको ५४ औं वार्षिक साधारणसभा र नयाँ कार्यसमिति चयनका लागि चुनाव हुन लागेको हो । महासंघको विधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेको छ । वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकालले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । ६३ पदका लागि १ सय २५ जनाले उम्मेदवारी दर्ता भएको महासंघले जनाएको छ ।

महासंघको विधानअनुसार निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष एकजना, जिल्ला नगर उपाध्यक्ष एकजना, वस्तुगत उपाध्यक्ष एकजना, एसोसिएट उपाध्यक्ष एकजना, जिल्ला नगर सदस्य १८ जना, प्रदेश सदस्य ७ जना, वस्तुगत सदस्य १४ जना, एसोसिएट सदस्य १९ जना र द्विराष्ट्रिय सदस्य एकजना गरी ६३ जनालाई निर्वाचित गरिनेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *