पाल्पा, मंसिर ६
कोरोनाका लक्षण देखिएका सङ्क्रमित घरमै (होमआइसोलेशनमा ) बस्दा समस्या बढेको भन्दै लक्षण नभएमा मात्रै घरमै बस्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । अहिले कोरोनाको गम्भीर लक्षण देखिएकाहरु पनि घरमै आइसोलेशनमा बस्दा ज्यान जाने क्रम बढेको सरुवा रोग विषेशज्ञ डाक्टर अनुप बाँस्तोलाले जानकारी दिनुभयो । बास्तोलाका अनुसार लक्षण नदेखिएका, हल्का रुघाखोकी र सामान्य लक्षण भएका सङ्क्रमित मात्रै होम आइसोलेशनमा बस्नु राम्रो हुने देखिएको छ । गम्भीर लक्षण देखिएका बिरामीको स्वास्थ्यमा जुनसुकै बेला जटिल अवस्था आउन सक्ने भएकाले अस्पताल जानु पर्ने उहाँले बताउनुभयो । बिरामीलाई एक्कासी स्वास्थ्य समस्या देखिएर अस्पतालमा पुर्याँदा शैया नपाउने सम्भावना छ ।
यही कारण कतिपयको अस्पतालमा बेड नपाउने, जान गाडी खोज्दाखोज्दै पनि ज्यान जाने गरेको छ । कतिपय बिरामीहरु भने कोरोनाको लक्षण देखिँदा पनि १४,१५ दिन आइसोलेशनमा बस्नु पर्छ भनेर पीसीआर टेस्ट नै नगराइ घरमै बसिरहँदा पनि समस्या भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।