कोरोना संक्रमण बाट पाल्पामा थप एक जनाको ज्यान गयो

पाल्पा, मंशिर ५
कोरोना संक्रमण बाट पाल्पामा थप एक महिलाको ज्यान गएको छ । लुम्बिनी मेडिकल कलेजमा उपचाररत रामपुर ५ निवासी ५४ वर्षिया महिलाको ज्यान गएको हो । स्वास्थ्यमा समस्या भएपछि उहालाई १९ गते लुम्बिनी मेडिकल कलेज,प्रभासमा भर्ना गरिएको थियो । अस्पतालका अनुसार उहामा २० गते कोरोना संक्रमणको पुष्टि भएको थियो । शुक्रबार थपिएका १ जना संगै पाल्पामा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *