पाल्पा, मंशिर ३
बुधबार पाल्पामा थप १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगरपालिका र अस्पतालहरुमा मात्रै १३ जनामा संक्रमणको पुष्टि भएको हो । रिब्दीकोटमा १, बगनासकाली गाउँपालिकामा २, रामपुर नगरपालिकामा १ र माथागढी गाउँपालिकामा २ जना संक्रमणको रिपोर्ट पोजेटिभ आएको हो । बुधबार थपिएका १९ जना संगै पाल्पामा संक्रमितको संख्या १४ सय ३ पुगेको छ । संक्रमित मध्ये ११ सय ५५ निको भएपछि जिल्लामा सक्रिय संक्रमितक २ सय ३० रहेका छन् । कोरोना संक्रमण बाट पाल्पामा १८ जनाको ज्यान गएको छ ।