मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण
पाल्पा, कार्तिक २९
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पाल्पामा एक मृतक विमितका परिवारलाई मृत्यु दावी रकम प्रदान गरेको छ । वैदेशिक रोजाईको सिलसिलामा गरेको श्रम बिमा अन्तर्गत म्यादी जीवन बीमा गर्नुभएका तानसेन नगरपालिका १० तेल्घाका बीमीत प्रेम बहादुर सार्कीको वैदेशिक रोजगारीका क्रममा ज्यान गएको दाबी भुक्तानी वापतको रकम बीमीतको श्रीमती शुसिला बिकलाई १३ लाख रुपैयाको चेक प्रदान गरिएको हो ।

नेसनल लाईफ इन्स्योरेन्स शाखा कार्यालय, पाल्पाका शाखा प्रमुख उमापती गैरले एक कार्यक्रमको आयोजना गरी सो रकमको चेक प्रदान गुर्नभएको हो ।