पाल्पा, कार्तिक २९
पाल्पामा बिचौलिया बाट ठगिएका दुधका किसानहरुले तानसेन बजारमा आफै डेरी संचालन गरेका छन् । चिनारी दुग्ध उत्पादक सहकारी संस्थाबाट लक्ष्मी पुजाको दिन शनिबार देखि दुधडेरी संचालन गरेका हुन् । दैनिक हजार लिटर दुध र दुधजन्य उत्पादन प्रदान गर्ने गरि डेरी संचालनमा आएको डेरीका ब्यवस्थापक रुकबिर रेश्मीले जानकारी दिनुभयो । सहकारीका सदस्य देबीराम रानाले बिगत ५ बर्ष देखि गाउँका दुध तानसेनका ब्यापारीलाई दिनुपरेको भन्दै बिचौलियाले धेरै दुख दिएपछि अहिले आफै डेरी संचालनमा ल्याएको बताउनुभयो ।
सहकारीका संयोजक टिकाराम थापा रेश्मीले लकडाउन शुरुभएपछि तानसेनका डेरी संचालकहरुले किसानको पैसा रोकिदिने, भाउ परेन भन्दै आफूखुशि घटाइदिने जस्ता काम गरेको गुनासो गर्दे नाफा घाटा सिधै कृषकलाई हुने गरि डेरी संचालन गरेको जानकारी दिनुभयो ।
तानसेन ४ सिल्खानटोलमा कार्यालय स्थापना गरि संचालन गरिएको डेरीको पशुकार्यालय, पाल्पाका प्रमुख डाक्टर चन्द्ररानाले उद्घाटन गर्नुभएको हो ।