शनिबार पाल्पामा थप २० जनामा कोरोना संक्रमणको पुष्टि

पाल्पा, कार्तिक २९
शनिबार पाल्पामा थप २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगरपालिका र अस्पतालहरुमा १३ जना, रम्भा गाउँपालिकामा २ जना, रिब्दीकोट गाउँपालिकामा १, तिनाउँ गाउँपालिकामा १, पूर्बखोला गाउँपालिकामा १, रामपुर नगरपालिकामा १ र माथागढी गाउँपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । शनिबार थपिएका २० जना संगै पाल्पामा कोरोना संक्रमितको संख्या १३ सय ६४ पुगेको छ । संक्रमित मध्ये ११ सय १२ जना निको भएका छन् भने पाल्पामा २ सय ३८ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणकै कारण पाल्पामा १४ जनाको ज्यान गएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *